८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भोट नहालेको भन्दै सर्वसाधारणमाथि कुटपिट



१ जेठ ०७९,   जुम्ला ।  नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका-८ बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कुटपिट गरेका छन् । रोकायाले आफूलाई भाेट नदिएको भन्दै चन्दननाथ नगरपालिका-८ का कुमारविक्रम शाही र कमल बोहोरामाथि कुटपिट गरेका हुन् । रोकायाले भोट नहालेर धोका दिएको भन्दै कुटपिट गरेको पीडित पक्षको भनाइ छ । कुटाइबाट शाही घाईते भएका छन् । उपचारका लागि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ । रोकायाले कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाे छ ।

उजुरीमा उनीमाथि आवश्यक कारवाहीकाे माग गरिएकाे छ । पीडित शाहीले रोकायाले फोन गरेर काम छ भन्दै बाेलाएर कुटपिट गरेकाे बताए । पछि फेरि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामुहिक कुटपिट गरेको प्रहरीमा दिएको उजुरी उल्लेख छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते कुमार विक्रम शाहीको घाउ केस जाँच गर्न अस्पतालमा पठाएको र अनुसन्धान भइरहेकाे बताए । जुम्लाका प्रहरी निरीक्षक भुवन भट्टले यस विषयमा आफूलाई जानकारी नभएकाे बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।