८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रूख ढल्दा काठमाडौं जाने सडक अवरुद्ध




२ जेठ ०७८, चितवन । हावाहुरीले रूख र बिजुलीको पोल ढल्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपलिका–५ पानीधारस्थित सडकमा रूख ढालेर दुईतर्फी सडक अवरुद्ध भएको हो ।
रूख ढलेको सूचना पाउनासाथ अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बाटो खुलाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । ढलेको पोल उठाउन विद्युत् प्राधिकरणको कार्यालयबाट समेत कर्मचारी जाँदै गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।