८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बाघको आक्रमणबाट घाँस काट्न गएकी एक महिलाको मृत्यु



फाइल तस्विर : जावलाखेलको चिडियाखानामा बाघ ।

८ जेठ ०८९, चितवन । पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका १३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो । उनलाई आज दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर उनको खोजी गरिएको थियो । हात्तीसहितको टोलीद्वारा बोटेको खोजीपछि साँझ वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १० : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।