
९ जेठ ०७९, काठमाडौं । नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको सोमबार बसेको बैठकले उनीहरुलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो।
सिफारिस सूचीअनुसार पहिलो नम्बरमा उत्तमराज सुवेदी बढुवाका लागि सिफारिस भएका छन्। त्यसैगरी दोस्रामा अरुणकुमार बिसी, तेस्रोमा दिवेश लोहनी, चौथोमा मुकुन्द राज आचार्य र पाँचौ नम्बरमा पूजा सिंह छन्।








प्रतिक्रिया