८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मूल्य वृद्धिका विरुद्ध सुर्खेतमा मोटर साईकल डो¥याएर विरोध प्रर्दशन




१३ जेठ ०७९ सुर्खेत । सरकारले बढाएको पेट्रोलियम पदार्थ र मूल्यवृद्धिका विरुद्ध विरोध प्रर्दशन गरिएको छ । बिहिवार नेकपा (क्रान्तिकारी माओवादी)को आयोजनामा आयोजनामा मूल्यवृद्धिका विरुद्ध विरोध पर्दशन गरिएको हो ।
सुर्खेतको मंगलगढी चोकवाट विरेन्द्र चोक, हुलाक चोक, पिपल चौतारा हुँदै विरेन्द्र चोक सम्म मोटर साईकल र ट्याम्पो धकलेर, विरोध प्रदर्शन गरिएको थियो । बढ्दो महंगी नियन्त्रण गर, कालाबजारीलाई कार्वाही गर भन्ने नाराका साथ नेता कार्यकर्ताले मोटरसाइकल ट्याम्पो डो¥याएर विरोध जनाएका थिए ।
¥यालिले बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । कोण सभालाइ सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेस सचिव दिपक शाहीले अहिलेको प्रतिक्रियावादी दलाल व्यवस्थाले जनताको ढाड सेक्ने काम मात्र गरेको बताए । अहिलेको यो प्रतिक्रियावादी दलाल व्यवस्थाले जनताको हितमा काम गर्दैन,’उनले भने, ‘यो व्यवस्था भनेको जनताको ढाड सेक्नलाई आएको व्यवस्था हो ।’

त्यस्तै कोण सभाको सम्वोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज पुर्ण प्रशाद पौडेलले यो व्यवस्थाले जनतनलाई शोषण दमन बाहेक अरु नयाँ केही पनि दिन नसक्ने बताए । दलाल पुँजीवादी व्यवस्था भएकाले यसले समृद्धि हैन, गरिबी ल्याउछ,’उनले भने, ‘ सुखी हैन दुःखी बनाउँछ, यसरी गरिएको मूल्य वृद्धिले जनताको दैनिक उपभोग्य वस्तु हरुमा, यातायातमा, स्कुलहरुमा भाडा र फिसमा चर्को मुल्य वृद्धि गरेर जनतालाई झन गरिव वनाउने काम भएको छ ।
मोटरसाइकल ट्याम्पो डो¥याउने विरोध प्रदर्शनको नेतृत्व नेकपा (क्रान्तिकारी) माओवादी केन्द्रिय सदस्य तथा कर्णालि प्रदेश सचिव दिपकबहादुर शाहीले गरेका थिए । कार्यक्रम संचालन पार्टी प्रदेश सदस्य र युवाका कार्यवाहा संयोजक कमरेड विकल्पले गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।