३ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फोटोपत्रकार पुर्णिमाले गरिन् मकालु हिमालको सफल आरोहण



फाइल तस्विर

१३ जेठ ०७९, काठमाडौं । फोटोपत्रकार पुर्णिमा श्रेष्ठले संखुवासभामा अवस्थित मकालु हिमालको सफल आरोहण गरेकी छन् । फोटोपत्रकार क्लबको सदस्य श्रेष्ठले शुक्रबार बिहान करिब १०.५० बजे मकालुको शिखर चुमेकी हुन् । सातौ सफल आरोहण संगै श्रेष्ठ नेपाल तर्फबाट आरोहण गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनि उनले कीर्तिमान कायम गरेकी छन् ।
नेपालमा आठ हजार मिटर भन्दा अग्ला आठ वटा हिमाल सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण, धवलागिरी र चोयु भए पनि चोयु हिमाल भने तिब्बततिरबाट मात्र चढिन्छ ।
८,४८५ मिटर अग्लो मकालु विश्वको पाँचौं अग्लो हिमाल हो। यो नेपाल र चीन तिब्बतको स्वायत्त क्षेत्रको सीमामा रहेको सर्बोच्च शिखर सगरमाथाबाट १९ किलोमिटर दक्षिणपूर्वमा अवस्थित महालङ्गुर हिमशृंखलामा पर्दछ। आठ हजार मिटर अग्लो हिमाल मध्ये एक मकालु पृथक चारकुने पिरामिड आकारको छ ।


मकालु हिमालको शिखरमा पाइला टेके संगै एकै सिजनमा आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल आरोहण गरेकी फोटो पत्रकार पुर्णिमा प्रति फोटो पत्रकार क्लब गौरव गर्दछ, यो सम्पूर्ण नेपाली महिला, फोटोपत्रकारिता जगत तथा फोटोपत्रकारको लागि गौरवपुर्ण क्षण हो।

तस्विर : पूर्णिमा श्रेष्ठको फेसबुकबाट

गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी श्रेष्ठले यसअघि सगरमाथा (८,८४८.८६ मिटर), धवलागिरी (८,१६७ मिटर), ल्होत्से (८,५१६ मिटर), कञ्चनजंघा (८,५८६ मिटर), मनास्लु (८,०१६ मिटर), अन्नपूर्ण (८,०९१ मिटर) आरोहण गरिसकेकी छन्। एक दशक देखि फोटोपत्रकरितामा सक्रिय पुर्णिमा हाल कारोबार राष्ट्रिय आर्थिक दैनिकमा कार्यरत छिन।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ७ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।