८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा



फाइल तस्बिर

१५ जेठ ०७९, काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा बिहानैदेखि पानी परिरहेको छ । अझै केही दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । स्थानीयसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावले अझै केही दिन पानी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसकै प्रभावले अहिले पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पानी पर्ने क्रम बढेको भएपनि मनसुन भने सुरू भइसकेको छैन ।

नेपालमा भारतको केरला हुँदै मनसुन भित्रने गर्छ । भारतमा नै मनसुन नआइसकेको अवस्थामा नेपालमा भित्रन अझै केही दिन लाग्ने उहाँको भनाइ छ । नेपालमा सामान्यतया जुन १३ मा प्रवेश गर्ने मनसुन अक्टोबर २ मा बाहिरिने गर्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ८ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।