३ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लार्जुङका शिक्षक विरेन्द्र भन्छन्, ‘विमानको आवाज सुनेका थियौं, आर्मीको टिम जाँदै छ’




१५ जेठ ०७९, पोखरा । पोखराबाट आइतबार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज लार्जुङ आसपास दुर्घटना भएको अनुमान गरिएको छ । त्यहाँका एकजना शिक्षक वीरेन्द्र लामिछानेका अनुसार लार्जुङमा एसेम्ब्ली गर्ने बेला आवाज आएको थियो ।
‘हामी एसेम्ब्ली गर्दै थियौं । स्कुलमाथि तिर जहाजको आवाज आइरहेको थियो । केही साथीहरूले डोल्पा हिड्न लागेको भनेर ठट्टा गर्नुभयो । एकजनाले यो अब हराउने भयो भनेर पनि चर्चा गर्नुभयो,’ उनले भने, केहीबेरमा आवाज आयो । जहाज सम्पर्कविहीन भएको समाचार पनि सुन्यौं ।’
उनका अनुसार अहिले त्यस क्षेत्रमा हेलिकोप्टर घुमिरहेको छ । ‘हेलिकोप्टर घुमिरहेको छ । लार्जुङको खोंच हामी यहाँबाट जान सजिलो छैन । कहाँनिर खस्यो भन्ने थाहा छैन । यहिँ निर खसेको भन्ने आशंका छ,’ उनले भने, ‘म बसेको ठाउँबाट आर्मीहरु धेरै गइरहेका छन् ।’ यो थासाङ गाउँपालिकाको वडा नम्बर २ कोवाङ नजिक पर्छ । न्युज कारखाना

 

 

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।