८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सरकारी वनमा पार्क निर्माण गरिएको भन्दै विरोध



फाइल तस्विर

१८ जेठ ०७९, इलाम । इलामको माई नगरपालिकामा सामुदायिक वन मासेर निजी स्तरबाट पार्क निर्माण गरिएकामा नेपाली कांग्रेस इलाम जिल्ला कार्यसमितिले आपत्ति जनाएको छ । उक्त कार्यसमितिले विज्ञप्ति जारी गर्दै सो आरोप लगाएको हो। माई नगरपालिका–२ र ८ मा अविस्थत ह्याप्पी ड्रिम्स द्वारा सञ्चालित चेप्टी फनपार्कले सरकारी जमिन हड्पेको समाचार विभिन्न सञ्चारमाध्यममा आएको छ ।
समाचारमा फनपार्क सञ्चालक, वनका कर्मचारी तथा राजनीति दलका प्रतिनिधिको मिलेमतोमा सो कार्य भएकोप्रति पार्टीकोे ध्यानाकर्षण भएको जनाइएको छ ।

सरकारी वन अनाधिकृत रुपमा मास्न र फँडानी गर्न नपाइने भए पनि वातावरणीय दृष्टिले अति संवेदनशील चुरे क्षेत्रमा यस्तो कार्य हुनु असमान्य भएको भन्दै तत्काल छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरिएको छ । कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरप्रमुख खम्बसिंह लिम्बू, वन कार्यालयका तत्कालीन प्रमुख इन्द्रनारायण भण्डारी र पार्क सञ्चालक दिनेश शिवाकोटीउपर छानबिन हुनुपर्ने माग स्थानीयवासीले समेत गर्न थालेका छन् । साथै अन्य व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने भएकाले यस घटनालाई सामान्य हिसाबले हेर्न नहुने बताइएको छ ।

सामुदायिक वनको ४५ रोपनी र करिब ३ सय रोपनी ऐलानी जग्गा मासेर सो फनपार्क निर्माण भएको उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि स्थानीयवासीले उजुरी दिएको बताइएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।