
१८ जेठ ०७९, काठमाडौं । जोन्टा कल्ब अफ काठमाडौंकी प्रेसिडेन्टमा आभा शाह चुनिएकी छिन् । काठमाडौंको ठमेलमा सम्पन्न नौ बार्षिक साधारणसभाले शाहलाई नयाँ प्रसिडेण्ड चुनेको हो ।
कार्यक्रममा उक्त क्लबको निवर्तमान प्रेसिडेन्ट सिमा गोल्छाले आफ्नो दुई वर्षे कार्यकाल समापन भएर नयाँ प्रेसिडेन्ट चयन गर्दै आभा शाहलाई कार्यभार हस्तान्तरण गरिन् ।
उनले आफ्ना कार्यकालमा भएका कार्यहरु र नविनतम पहलहरुका बारेमा जानकारी गराएकी थिइन् । कोरोनाको कहरमा पुरा विश्व नै ठप्प भएको बेलामा पनि दृढ़ संकल्प र अटुट साहसका साथ उनले जोन्टा कल्ब अफ काठमाण्डौँले गरेका उदाहरणिय कार्यहरुको बारेमा जानकारी गराइन् ।
सो समारोहमा नव निर्वाचित आभा शाहले आफूले मन, वचन र कर्मले जोन्टाको सेवा गर्ने र साथै नेपाली महिलाहरुका हक हित, अधिकार, शिक्षा, रोजगार र आर्थिक सशक्तिकरणमा जोडदार रूपमा कटिबद्ध भएर लाग्ने प्रण गरिन् ।
उक्त कार्यक्रममा भाइस एरिया डाइरेक्टर मिरा ज्योती , भाइस प्रेसिडेन्ट कमल केशरी तुलाधर ,टेर्जरर मृदुला राजभण्डारी, तथा भुतपूर्व प्रेसिडेन्टहरू र व्यवस्थापक समितिका सदस्यहरुले जोन्टा कल्बले गरिरहेको कामको चर्चा र गर्नु पर्ने कार्यको बारेमा सुझाव र धारणा राखेका थिए । साथै कार्यक्रममा ६ जना नव प्रवेशीहरु पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, निशा केसी, सितु प्रधान, स्वस्तिका खनाल, निसि टिब्रेवाल खेतान र गौरी ठकुरीलाई सदस्यता प्रदान गरिएको थियो ।
जोन्टा कल्ब विश्वका ६७ देशमा फैलिएको गैर नाफा मुलुक सस्था हो । नेपालमा बिगत नौ बर्ष देखि स्वाथ्य, शिक्षा, मानवअधिकार, समानता र आर्थिक सशक्तीकरण, बाल बिवाह ,मानव बेचबिखन, लैङ्गिक हिंसा र विभेद लगाएत बिभिन्न क्षेत्रमा काम गरिरहेको जोन्टा कल्ब अफ काठमाण्डौले जनाएको छ।







प्रतिक्रिया