८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आगलागीपछि दुई घर जलेर नष्ट




२४ जेठ ०७९, मुगु । मुगुको खत्याड गाउँपालिका b४ पैखुगाउँमा आगलागीबाट जलेर दुई घर नष्ट भएका छन् । मंगलबार बिहान करिब ११ बजेतिर एक्कासि लागेको आगोबाट स्थानीय चुत्तबहादुर थापा र शारदा थापाको घर पूर्ण रूपले नष्ट भएको छ ।
आगलागीको कारण र क्षतिको पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० सुवास हमालले बताए । आगलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी माझचौरबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा खटाइएको उनले जानकारी दिए ।
सुरक्षाकर्मी र स्थानीय मिलेर आगो निभाएका छन् । अहिले आगलागी करिब नियन्त्रणमा आइसकेको छ। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको सुरक्षाकर्मीको भनाइ छ ।
न्युज कारखाना

 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ५ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।