८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फैलँदै मनसुनी वायु, वर्षाको सम्भावना




२६ जेठ ०७९, काठमाडौं । नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक९दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १ , बागमती र गण्डकीका केही स्थान तथा मघेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।