८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चितुवाको आक्रमणबाट बालिका घाइते



चितुवाको आक्रमणबाट घाइते बालिकाको उपचार गरिँदै तनहुँ, २८ जेठ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ निवासी सन्तोष थापा मगरको ८ बर्षीया छोरी रियाना थापालाई शनिबार साँझ चितुवाले आक्रमण गरी घाइते बनाएपछि डुम्रे बजारस्थित मोती मेडिकल अस्पतालमा उपचार गर्दै चिकित्सक । बालिकाको घाँटी र बायाँ कानको फेदमा गहिरो चोट लागेपनि खतरामुक्त रहेको चिकित्सकले बताएका छन । लेन्स : सानेबहादुर नेपाली\रासस

२९ जेठ ०७९, तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका ४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । घाइते बालिकाको अवस्था खतरामुक्त रहेको उनले बताए । मेडिकलका डा महेश विक नेतृत्वमा बालिकाको उपचार गरिएको छ ।

बुवाआमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन् । त्यही बेला चितुवाले आक्रमण गरेको र बुवाआमा दौडिएर आउनेबित्तिकै चितुवा भागेको जनाइएको छ ।

पछिल्लो केही वर्षयता जिल्लाका विभिन्न पालिकामा चितुवाको आतङ्क छ । सबैभन्दा बढी आतङ्क भानु नगरपालिकामा छ । चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ७ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।