
२९ जेठ ०७९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाइएको ताला खुलेको छ । आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समिति र नेपाल विद्यार्थी संघले ताला खोलेका हुन्।
यसअघिको सहमतिअनुसार करिब १ सय ४२ दिनपछि संघले शुक्रबार र समितिले आइतबार ताला खोलेका हुन्। ताला खुलेसँगै सोमबारदेखि त्रिविको प्रशासनिक कार्य शुरु हुनेछ।
समिति र संघले करिब पाँच महिनाअघि उपकुलपतिको कार्यालयमा ताला लगाएका थिए।







प्रतिक्रिया