८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मुग्लिन नौबिसे सडकखण्डकाे घोप्टेभिरमा पहिरो



१ असार ०७९, चितवन । पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड दिउँसो २ बजेदेखि अबरुद्ध बनेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट गएको प्रहरीसहितको सडक विभागको टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ ।

काठमाडौं जाने र मुग्लिनतर्फ आउने गाडी सवारी साधन र यात्रु  रोकिएका छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ५ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।