८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मान्छे मार्ने बाघ नियन्त्रणमा



फाइल तस्विर : जावलाखेलको चिडियाखानामा बाघ । ललितपुर खबर

३ असार ०७९, चितवन । पश्चिम चितवनमा हिंस्रक बन्दै आएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघलाई विहीबार साँझ ६ बजे भरतपुर महानगरपालिका २७ स्थित राधाकृष्ण सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो ।

बाघको आक्रमणबाट स्थानीय २३ वर्षीया रेखा बस्नेतको मृत्यु भएको थियो । सो बाघले विहीबार बिहान निगुरो टिप्न गएकी बस्नेतलाई आक्रमण गरेको थियो । बाघलाई चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको खोरमा राखिने छ । बाघ नियन्त्रणमा लिनका लागि विहीबार दिउँसोदेखि प्रयास थालिएकोमा साँझ ६ बजे डार्ट गरिएको उनले जानकारी दिएका छन् । यस आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले तीन वटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती प्रयोग गरिएको थियो ।

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।