८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नुवाकोटमा श्रीमती लिन ससुराली गएका पुरूषको हत्या



४ असार ०७९, नुवाकोट ।  नुवाकोटमा ससुराली गएका एक पुरूषको हत्या भएको छ। बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थित एक घरमा ५६ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

ककनी गाउँपालिका वडा नम्बर ८ बस्ने तामाङ आफ्नो ससुरालीमा मृत फेला परेका हुन्। गत बिहीबार बिहान करिब ६ बजे उनको शव फेला परेको हो। प्रहरीले उनको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ।

हत्या आरोपमा प्रहरीले मृतककी ३५ वर्षीया श्रीमती ज्ञानमाया, ६७ वर्षीय ससुरा चन्द्रबहादुर भन्ने ज्ञानबहादुर, ३४ वर्षीय दुखिराम र १४ वर्षीय बालकलाई पक्राउ गरेको छ।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार घटना बुधबार मध्यराति भएको थियो। ससुरालीमा श्रीमती लिन आएका एकबहादुरमाथि कुटपिट गरी हत्या गरिएको हो।
ज्ञानमाया त्यहाँ ८–१० वर्षदेखि माइतीमै बस्दै आएकी थिइन्। स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा उनीहरूले एकबहादुरको हात(खुट्टा बाँधेर दाउराको चिर्पटले कुटपिट गरी हत्या गरेको खुलेको हो।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।