७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अखिल क्रान्तिकारीको महासचिवमा विक




१४ असार ०७९, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) महासचिवमा ललित विक निर्वाचित भएका छन् ।
अखिलको चौँथो पूर्ण बैठकले विकलाई महासचिवको जिम्मेवारी दिएको हो । प्रकाश जप्रेल सचिव र प्रतिमा चौधरी कोषाध्यक्षमा चयन भएका छन् ।
नवनियुक्त महासचिव विकले आमनागरिकका मुद्दासँग जोडिएर अखिल क्रान्तिकारीले आन्दोलन गर्दै आएको बताए । अखिलले शिक्षा र स्वास्थ्यमा गरिएको
व्यापारीकरणविरुद्ध संघर्ष केन्द्रित गर्ने निर्णय पनि गरेको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
न्युज कारखाना

 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।