७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सप्तकोसीमा पानीको बहाव बढ्यो, नदीमा डुङ्गा चलाउन र माछा मार्न प्रतिबन्ध



१४ असार ०७९,  सप्तरी । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो ।

कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका छन् । पानीको बहाव बढ्दो क्रममा रहे पनि तटबन्ध र स्पर सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टामा बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी वर्षाका कारण कोसीको जलस्तर बढ्दो क्रममा छ । यसैबीच कोसीको तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ  । बहाव बढेसँगै नदीमा डुङ्गा चलाउन रोक लगाइएको छ । माछा मार्न तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।