८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बर्दियामा गोली चल्याे, एक जनाको मृत्यु



१७ असार ०७९, काठमाडौं ।  बर्दिया गुलरिया नगरपालिका–३ स्थित सीमावर्ती भारतीय जंगलमा गोली लागि एक जनाको मृत्यु भएको छ।

सीमावर्ती भारतीय जंगलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो।

उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिए। गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको उपरीक्षक सुवेदीले बताए। शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ। रासस

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।