७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विदेश पठाइदिने भन्दै नागरिकता लिएर सिमकार्ड निकाल्ने र बैक खाताबाट पैसा चोर्ने बजगाई पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१८ असार,०७९, काठमाडौं । विदेश पठाइदिने भन्दै नागरिकता लिएर सिमकार्ड निकाल्ने र बैक खाताबाट पैसा चोर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको अभियोगमा मकवानपुर हेडौंडा उपमहानगरपालिका १७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाईलाई काठमाडौं महानगरपालिका ३१ नयाँबानेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक संजाल फेसबुक तथा व्याटसएपमा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भन्दै पीडित व्यक्तिहरुको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिबरण कागज समेत लिई झुक्याई पीडितको नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखी मोवाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका अभियोगमाउनलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।