७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ठाउँ अभावमा आलोपालो सुत्छन् कैदीबन्दी




२० असार ०७९, सुर्खेत । बीस जना कैदी बन्दी अट्ने क्षमता रहेको जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । सुधार गृहको रुपमा रहेको कारगारमा कैदीबन्दीलाइ बसाइ व्यवस्थापनको समस्यले गर्दा चुनौती थपिएको हो । १५ जना पुरुष र ५ जना महिलाको क्षमता रहेको कारगारमा अहिले ५४ जना कैदीबन्दी छन् ।
कारगारका नाइके कुशबहादुर महताराले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताउदै आएका छन् । संख्य बढी हुँदा सुत्का लागि समस्या भएको छ । जेलर चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ जना कैदी र १९ जना थुनुवा गरी जम्मा ५४ जना कैदीबन्दी रहेको बताए । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर गिरी भनाइ छ ।
जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदी बन्दीहरूले वर्षाको समयमा राम्ररी सुत्न समेत नपाउने कैदी बन्दी दीर्घबहादुर नेपालीले बताए । साथीहरूले आलोपाले गरेर सुत्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताए । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले समस्या समाधानका लागि पहल जारी रहेको बताए । व्यवस्थापनमा उचित पहल नगरेको कैदीबन्दीहरुले गुनासो पोख्दै आएका छन् । जीर्ण भवन व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नु परेको उनीहरुको भनाइ छ । न्युज कारखाना

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।