२ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रामेछाप दुर्घटना: थप तीनजनाको मृत्यु, मृतकको संख्या १२ पुग्यो



२१ असार ०७९, काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनाम हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी राजकुमार थिंकका अनुसार थप तीनजनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ।
रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा आज बिहान बस दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो। घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइएकोमा तीन जनाको मृत्यु भएको हो।

अहिलेसम्म मृतकको पहिचान खुलेको छैन। अहिलेसम्म उद्धारमै लागेकाले सनाखत हुन नसकेको र सनाखतका लागि आफन्तलाई बोलाइएको डीएसपी थिंकले बताए। ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो। २१ जना घाइतेलाई धुलिखेल अस्पताल लगिएको उनले जानकारी दिए। दुर्घटनामा २१ जना घाइते छन्।

 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  २ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।