७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जडीबुटी खादा अछाममा एकको मृत्यु, अर्का बिरामी




२६ असार ०७९, अछाम । अछाममा जडीबुटी खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय गणेश खत्रीको मृत्यु भएको हो ।
जडीबुटी खाँदा अर्का एक जना गम्भीर बिरामी भएका छन् । गम्भीर बिरामी हुनेमा साँफेबगर नगरपालिका वडा नम्बर ७ का २९ वर्षीय किशोर भाट रहेका छन् ।
आज दिउसो १ बजेतिर कुनै बिरामी नभएका दुवै जनाले हातखुट्टाको दुखाइ सन्चो हुन्छ भनेर सो जडीबुटी खादा गम्भीर बिरामी भएपछि उपचारका लागि बयालपाटा अस्पताल ल्याइएको थियो । उपचरको क्रममा मृत्यु भएको मृतकका भाइ विनोद खत्रीले जानकारी दिए ।
गम्भीर बिरामी भाटको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । मृतकको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन पठाएको बयालपाटा अस्पतालले जनाएको छ । न्युज कारखाना

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।