२ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बागमती नदीमा भेटियो डल्फिन




२९ असार ०७९, काठमाडौं । माछा मार्ने क्रममा बागमती नदीको रौतहट खण्डमा डल्फिन भेटिएको छ । पिपरा भलोहिया गाउँका राजकुमार सहनी मल्लाहले माछा मार्ने क्रममा पिपरा घाटमा गत मंगलबार डल्फिन भेटाएका हुन् ।
‘माछा मार्न बागमतीमा जाल हान्न गएको थिएँ तर अनौठो खालको माछा जालमा प¥यो,’ सहनीले भने, ‘जालमा परेको माछा लिएर पिपरा बजारमा ल्याएपछि हेर्नेको घुँईचो लाग्यो ।’ करिब १२ केजीको उक्त माछालाई स्थानीय जनप्रतिनिधिले डल्फिन भएको बताएपछि आश्चर्यमा परेको उनले बताए ।
दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भू सिंहले बडहर्वा जाने क्रममा गत सोमबार नै बागमती नदीमा डल्फिन जस्तो माछाको एउटा ठूलो समूह नदीमा उफ्रिरहेको देखेको बताए।
उता, माछा विशेषज्ञ राधेश्याम झाले पनि सहनीले जालमा पारेको माछा डल्फिन नै भएको बताए । ‘अब पिपरा घाटलाई व्यवस्थित गरेर डल्फिन संरक्षणमा लाग्नु पर्छ, डल्फिनका बारेमा जनतालाई सूसचित गर्नुपर्छ,’ झाले भने । गंगा नदी हुँदै डल्फिन बाग्मती आएको हुनसक्ने उनको अनुमान छ । न्युज कारखाना

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।