७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तीन युवतीहरु एउटै रुखमा झुण्डिएको अवस्थामा फेला




८साउन ०७९, झापा । झापामा तीनजना यवतीहरु एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।
झापाको कचनकवल ५ सुनकोसी चिया बगानको बयरको रुखमा उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
स्थानीय तीन किशोरीहरु सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् ।
उनीहरुले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।
उनीहरुमध्ये दुईजना एउटै हाँगामा र अर्की एक जना अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । सामूहिक आत्महत्याको कारण भने खुलेको छैन ।
तीनै किशोरले सामूहिक आत्महत्याको घटनाले गाउँ नै शोकमा डुबेको छ । अहिले घटनास्थलमा प्रहरी खटाइएको डीएसपी पाठकले बताए ।

 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।