१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अदालतबाट २३ लाख जरिवाना ठहर भएका व्यक्ति पक्राउ   



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

१० साउन ०७९, काठमाडौं। नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु २३ लाख १४ हजार २५० जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनले रु २३ लाख १४ हजार २५० नगद र पाँच दिन कैद सजाय ठहर गरेका कास्कीको पोखरा महानगरपालिका–१७ घर भई हाल काठमाडौँको बाफल बस्दै आएकी ४२ वर्षीय निशा गुरुङलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ गुरुङले कुमारी बैंक लिमिटेड दरबारमार्ग शाखाको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै चेक दिएर बैंकिङजन्य कसुर गरेकाले आज टोखाबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

अदालतले पक्राउ परेकी निशालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उक्त फैसला गरेको थियोे । पक्राउ परेकी निशालाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।