७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


५६४ जना थपिए कोरोना संक्रमित, काठमाडौंमा २७६ संक्रमित थपिए



११ साउन ०७९, काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६४ जना नयाँ संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ४५४ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना भाइरस संक्रमित २०२ जना निको भएका छन् ।  हाल देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ रहेको मन्त्रालयले जनाएको छ ।

छिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा २७६ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा २१८ भक्तपुरमा १७ र  ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन् ।

आज देशभर रहेका तीन हजार ९२९ जना सक्रिय संक्रमितमध्ये तीन हजार ७९४ जना होम आइसोलेसनमा र १३५ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये ३२ जना आईसीयूमा र दुईजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ५ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।