७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पासपोर्ट बनाइदिन्छु भन्दै रकम असुली गर्ने ४ जना पक्राउ



१४ साउन ०७९, काठमाडौं ।   एक दिनमै राहदानी बनाइदिने भन्दै रकम असुली गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंका विवेक गुरुङ, सिन्धुपाल्चोकका रामबहादुर बोगटी, धनकुटाका श्यामकुमार राई र सिन्धुपाल्चोकका राम पौडेल रहेका छन् । उनीहरुले काठमाडौंमा राहदानी बनाउन राहदानी विभाग पुगेका व्यक्तिबाट रकम असुली गर्ने गरेका थिए ।

उनीहरुलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका मध्ये गुरुङको चाबहिलमा रोज वर्ड नामक फोटो स्टुडियो छ । उनीहरुले विभिन्न व्यक्तिका नाममा आवेदन भरेको ३२ वटा अनलाइन फारम पनि प्रहरीले बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।