७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भूकम्पको केन्द्रविन्दु खोटाङ, ६ म्याग्नेच्युडको भूकम्प



ललितपुर खबर
१५ साउन ०७९, काठमाडौं
। खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभाग अन्तर्गत भूकम्प महाशाखा प्रमुख मोनिका झाले यो खोटाङको मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको बताइन् ।

केन्द्रका अनुसार यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।