८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कार्यालयमै राती राती मदिरा सेवन गर्दै कर्मचारी



फाइल तस्विर

१८ साउन ०७९,सुर्खेत । जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यालयमै मदिरा सेवन गरी मातेका अवस्थामा भेटिएका छन्।
बेलुका सात बजे कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिकसहितका कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरिरहेका पाईएको हो।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई जानकारी दिएको छ ।
उनीहरु कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए। सार्वजनिक बिदाको दिन भन्दै कार्यालय भित्र प्रवेश गरी मदिरा सेवन गर्नु कस्तो गैरजिम्मेवारीपन भन्दै नेकपा माओवादी भेरी नगर कमिटी इन्चार्ज विराजन शाहीले कारवाहीको माग गरेको बताए।
बिदाको दिन भएकोले आफ्नै क्वार्टरको बाहिर साथीभाई बसिरहेको तर मदिरा सेवन नगरेको कार्यालय प्रमुख धितालले बताए। यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले यस बिषयमा आवश्यक कारबाही गरिने बताए।
उनले भने, ‘भोलि बिहान छलफलका लागि बोलाएका छौँ, आवश्यक कारबाही हुन्छ।’

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ५ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।