७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुनका टाँक भएका ५ वटा हाफपाइन्ट लिएर आएका भारतीय विमानस्थलबाट पक्राउ



१८ साउन ०७९, ललितपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वटा हाफपाइन्टमा सुनका टाँक लगाएर आएका भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार दिउँसो करिब १ बजे थाइ स्माइल एयरलाइन्सको उडानमार्फत बैंङ्ककबाट आएका भारतीय नागरिक डेभिड मक्कर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

उनले आफ्नो साथमा ल्याएको ५ वटा हाफ पाइन्टभित्र अस्वभाविक संख्यामा जडान सुनका टाँक जडान गरिएको थियो। टाँकभित्र स–सानो रिङ् बनाएर ४२६ ग्राम सुन लुकाई छिपाई ल्याएको पाइएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यस्तो सुनसहित उनलाई नियन्त्रणमा लिएर भन्सार ऐनबमोजिमको कारबाही सुरू गरेको छ।

कुशलतापूर्वक रेडिमेड हाफपाइन्टको मेटल बटन भित्र प्रत्येक बटनमा २ वटा सुनका रिङ्लाई फिट गरेर लुकाई छिपाई ल्याइएको अवस्थामा उनलाई नियन्त्रणमा लिएको भन्सार कार्यालयले जनाएको छ।

त्यसरी ल्याएको सुनको प्रचलित बजार मूल्य करिब ३५ लाख रहेको भन्सारले जनाएको छ। उनले आफू एक्लैले यो कसुर गरेका हुन् वा अन्य व्यक्तिको पनि संलग्नता छ भन्ने अनुसन्धान सुरु भएको छ।

मक्करलाई प्रहरीको हिरासतमा राखिएको छ। कसुर प्रमाणित भए नियन्त्रणमा लिएको सुन जफत हुन्छ भने उनलाई ३५ लाख नै जरिवाना र ३ महिनासम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।