७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रहरीकै संलग्नतामा चिनियाँ नागरिकको अपहरण



१९ साउन ०७९,काठमाडौं ।  चिनियाँ नागरिक याङ याङलाई अपहरणमा संलग्न दुईजना प्रहरीसहित ६ जनाविरुद्ध महानगरीय प्रहरी परिसरले ५ दिनको म्याद लिएको छ। उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको हो। उनीहरुले ती चिनियाँ नागरिकको दोभाषे रहेका ओखलढुंगाको चिसाङ्खुगढी गाउँपालिका(५ घर भइ वनस्थली बस्ने २६ वर्षीय सूर्यबहादुर राईलाई कपुरधाराबाट जबरजस्ती उठाएका थिए।

त्यसपछि उनलाई लाजिम्पाट खरेलटोलस्थित एउटा घरमा चिनियाँ नागरिक याङ याङलाई प्रहरीकै पेस्तोल देखाएर अपहरण गरेको खुलेको छ। त्यसको एक घण्टामै उनीहरुले ती चिनियाँ नागरिकलाई सकुशल लैजान भन्दै एक करोड रुपैयाँ नगद फिरौती माग्न थालेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

चिनियाँ नागरिक अपहरणमा परेको सूचना पाएपछि प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले दरबारमार्ग, लैनचौर, महाराजगञ्‍ज, मालीगाउँसहितका बृत्त पनि परिचालन गरेर खोजी थालेको थियो। त्यसक्रममा बुधबार राति ११ बजेर ४० मिनेटमा अपहरणमा परेको चिनियाँ नागरिक याङ याङ र उनका दोभाषे सूर्यबहादुर राईलाई नयाँ बसपार्कस्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट सकुशल उद्धार गरेको थियो।

प्रहरीका अनुसार नेपाली र चिनियाँ नागरिकको अपहरणमा संलग्न गोरखाको आरुघाट गाउँपालिका ७ घर भइ रानीबारी बस्ने ३७ वर्षीय कर्ण बहादुर गुरुङ छन्।
उनी पाटन उच्च अदालतका एकजना न्यायाधीशका पीएसओमा कार्यरत नेपाल प्रहरीका हवलदार हुन्। चिनियाँ र नेपाली नागरिकको अपहरणमा उनले बोक्ने सरकारी पेस्तोल हतकडी प्रयोग भएको खुलेको छ।

त्यसैगरी गोरखा सिरान्चोक गाउँपालिका ५ घर भई धापासी बस्ने धन २८ वर्षीय लक्ष्मण गुरुङ पनि पक्राउ परेका छन्। अपहरणमा संलग्न सर्लाहीको लालबन्दी नगरपालिका(११ घर मित्रनगरस्थित सिन्धुली गेस्टहाउसमा बस्ने २९ वर्षीय रोहित मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै प्यूठान नगरपालिका ८ बागदुला घर भई मित्रनगर बस्ने २८ वर्षीय विशाल मगर पनि उनीहरुसँगै पक्राउ परेका छन्। प्रहरीले नुवाकोटको शिवपुरी गाउँपालिका ६ पालथोक घर भई बानियाँटार बस्ने २७ वर्षीय विनोद केसीलाई पनि पक्राउ गरेको छ।

त्यस्तै यो अपहरणमा संलग्न अर्का प्रहरी हुन्। बर्दियाको राजापुर नगरपालिका(१० घर भई हाल बालाजु बस्ने २८ वर्षीय शिव सुनार। उनी प्रहरी बृत्त बालाजुअन्तर्गत घुमुवा प्रहरीका रुपमा कार्यरत थिए।प्रहरीले उनीहरुको साथबाट नगद ८ लाख १४ हजार ९ सय बरामद गरेको छ। त्यसैगरी विभिन्न कम्पनीका २६ थान मोबाइल सेट पनि बरामद भएका छन्। त्यस्तै एक थान हतकडी पनि बरामद भएको छ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ६ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।