७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सङ्क्रमणबाट मृत्यु हुनेमध्ये २५ प्रतिशत खोप लगाएका



फाइल तस्विर

२४ साउन ०७९, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेमा २५ प्रतिशतखोप लगाएका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये २५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
उनले कोरोना भाइरसविरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले खोप लगाउन आग्रह गरे । “खोप नलगाएका उच्च जोखिममा रहेकाले खोप लगाएका सबैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो र बुष्टर मात्रा खोप लगाउन आग्रह गर्दछाँै”, उनले भनेका छन् ।
आज मात्र कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ७४ सङ्क्रमणको कारणले मृत्यु भएको छ । नेपालमा सङ्क्रमणको कारणले प्रति दशलाखमा ४ सय १० दशमलव २ जनाको निधन भइसकेको छ ।
मन्त्रालयका अनुसार खोप नलगाएको मानिसलाई कोभिड–१९ सङ्क्रमण भयो भने त्यस्ता मानिस गम्भीररूपमा बिरामी पर्ने र मृत्यु हुने सम्भावना खोप लगाएको मानिसको तुलनामा १० गुणा बढी हुने गर्दछ ।

यस्तै पहिलो र दोस्रो खोप लगाएकाहरूलाई बुष्टर मात्रा लगाउन आग्रह गरिएको छ । बुष्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्छ । सरकारले लक्षित जनसङ्ख्याको ९३ दशमलव ३ प्रतिशत पहिलो मात्रा र ८८ दशमलव ५ प्रतिशत दोस्रो मात्राको खोप लगाइसकेका छन् । मन्त्रालयले कोभिड १९ बाट सङ्क्रमित ५० प्रतिशत मानिसमा कुनै पनि लक्षण नदेखिएकाले सङ्क्रमणबाट बच्नका लागि खोप लगाउन आग्रह गरिएको छ ।
सङ्क्रमणबाट बच्नका लागि नाक, मुख छोपिने गरी सही तरिकाले मास्क लगाउन, भौतिक दूरी कायम गर्न, खोक्दा वा हाच्छ्युँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले छोप्न, झ्याल सधैँ खुला राख्न र बेलाबेलामा सावुन पानीले मिचीमिची हात धुन आग्रह गरेको छ । अहिले दैनिक एक हजारभन्दा बढी सङ्क्रमण देखिने गरेको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।