
४ भदौं ०७९,ललितपुर । मध्यरातमा शक्तिशाली भुकम्पको धम्का महसुस गरिएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रातको १ बजेर २८ मिनेटमा गएको यो भुकम्पको केन्द्रविन्दु बाँके जिल्लास्थित नेपाल भारत सिमानामा भुकम्पको रहेको थियो ।
भुकम्प ४ दशमलव ८ म्यानिच्युटको रहेको केन्द्रको भनाई छ । भुकम्प लगतै पश्चिम क्षेत्रका स्थानीयले आफूहरुले भुकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको हो ।
यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ । उक्त भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो ।
२०७२ वैशाख १२ गते गएको महाभुकम्पपछि नेपालमा लगातार पराकम्प गइरहेको छ । तर पछिल्लो समय केन्द्रले यी भुकम्पहरुलाई परामम्प भनेको छैन । केही समयदेखि नेपालका पश्चिमी क्षेत्रमा लगातार भुकम्पका धक्काहरु गइरहेका छन् ।
लमोसमयदेखि देशको पश्चिमी क्षेत्रमा ठूलो भुकम्प नगएकोले अर्को ठूलो धक्का जानसक्ने भन्दै विज्ञहरुले सचेत गराउदै आएका छन् । यद्यपी स साना भुकम्पहरु धेरै जाँदा ठूलो भुकम्प टनेर जाने उनीहरुको मत छ ।







प्रतिक्रिया