६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कांग्रेस नेता प्रदिप गिरिको निधन




४ भदौं ०७९, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा आज राति साढे ९ बजे उनको निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा पंकजकुमार बर्मनले जानकारी दिएका छन् ।
प्रतिनिधिसभाका सांसदसमेत रहेका कांग्रेसका नेता एवं समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात् नेपाल फर्किएका थिए ।
घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गत ९ साउनमा मेडिसिटी अस्पताल भर्ना भएका थिए । उनको पार्थिव शरीरलाई आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ । विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

आइतबार उनको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि अस्पताल परिसरमा पवहान ९ बजेबाट ११ बजेसम्म राखिने नेपाली काँग्रेसको शोक विज्ञप्तीमा उल्येख छ । विज्ञप्ती अनुसार विहान ११ बजेर ३० मिनेटदेखि २ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जली दिने कार्यक्रम छ भने २ बजेपछि शोक ¥याली सहित आर्यघाट अन्

 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।