६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काँग्रेस पार्टी कार्यालयमा राखिने



४ भदौं ०७९,काठमाडौं । काँग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीर आइतबार बिहान ११ः ३० देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । शनिबार काँग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शोक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।

त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म गिरिको पार्थिव नेपाल मेडिसिटी अस्पताल ललितपुरको शिवालयमा श्रद्धाञ्जलीका लागि राखिने विज्ञप्तिमा जनाइएको छ । पार्टी केन्द्रीय कार्यालय श्रद्धाञ्जली दिएपश्चात गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने बताइएको छ ।

गिरिको शनिबार राति ९ः ३६ मा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ११ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।