६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पोखराबाट २१ बर्षिय तामाङ एटिएम फोरेर पैसा चोरेको आरोपमा पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

६ भदौ ०७९, कास्की । पोखरा महानगरपालिका ३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी २ वटा क्यासकेट र नगद चोरी गरेको अभियोगमा नवलपरासी(पूर्व) देवचुली नगरपालिका ५ घर भई कास्की पोखरा महानगरपालिका ३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिस तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका २७ तालचोकस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन उनले तोडफोड गर्ने प्रयास गरेका थिए । उनले एनएमबी बैंकको एटिएम मेशिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई रुपन्देही बेलहियाबाट पक्राउ गरेको हो ।
साथै प्रहरीले घटनामा प्रयोग भएको ग.१० प २९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उक्त घटनामा चोरी भएको क्यासकेट पोखरास्थित बिचारी चौतारामा फेला परेको थियो ।
उनीलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाइएका प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।