६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मृत्यु भएको मान्छेलाई जीवित बनाएको दावी गर्ने पास्टर पक्राउ



६ भदौ ०७९, काठमाडौं । ‘मृत व्यक्तिलाई जिवित’ बनाएको भ्रम फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवलको होली क्यालभरी चर्चका पास्टर कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् ।

उनलाई प्रहरीले सोमबार दिउंसो बुटवलबाट पक्राउ गरेको हो । गोतामेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

विवेक सत्यालको नामबाट आइतबार सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा बुटवलको होली क्यालभरी चर्चका पास्टर गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ४ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।