६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शाकाहरी महोत्सव आयोजना हुने



७ भदौं ०७९, काठमाडौं । शाकाहारी खानाको प्रवद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटन आकर्षण गर्ने उद्देश्यले हिमालय क्षेत्रको प्रथम शाकाहारी महोत्सव ‘हिमालयन भीगन महोत्सव–२०७९’ नेपालमा आयोजना हुने भएको छ ।
वल्र्ड भीगन अर्गनाइजेशन नेपालको आयोजनामा आगामी भदौ २८ देखि असोज ४ गतेसम्म महोत्सव गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव लुम्बिनीमा भदौ २८ र २९ गते, काठमाडौँमा भदौ ३० र ३१ गते र असोज १ गते काठमाडौँ तथा पोखरामा असोज २, ३ र ४ गते आयोजना हुनेछ ।
भीगन जीवनशैली प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय महोत्सव आयोजना गर्न लागिएको संस्थाका महासचिव अजित थापाले बताए । उनले विश्वमा हाल भीगन पर्यटनको सम्भावना बढिरहेको सन्दर्भमा नेपालमा पनि यसको सम्भाब्यताबारे सचेतना फैलाउन कार्यक्रम उपयोगी हुने उनले उल्लेख गरे ।
महोत्सवमा भारत, पाकिस्तान, इण्डोनेशिया, अमेरिकालगायत ३२ देशका प्रतिनिधिहरुको सहभागिता रहने छ । भीगन पर्यटन बढ्नसके यस क्षेत्रमा लगानी बढ्नुकासाथै ‘फुड कल्चर’ को प्रवद्र्धनमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ । ननडेरी भेजिटेरियनको रुपमा लिइने भीगनलाई ऋषिमुनिहरुको खाना पनि भनिन्छ ।
महोत्सवले हिमालय क्षेत्रमा विशुद्ध शाखाकारी जीवनशैलीको ज्ञान तथा सचेतना प्रचारप्रसार गरी यसको फाइदाको बारेमा सर्वसाधरणलाई ज्ञान दिनुका साथै विशुद्ध शाकाहार, अहिंसा, करुणामय जीवन अभ्यासी तथा जनावर संरक्षणकर्ताबीच समबन्ध विस्तार हुने जनाइएको छ । महोत्सवको आकर्षणका रुपमा एक सयभन्दा बढी अन्तर्राष्ट्रिय ख्याति प्राप्त वक्ता र सेलीब्रिटीको सहभागिता रहनेछ । ७५ भन्दा बढी सूचनामूलक प्रदर्शनी, भीगन खानका बिक्री कक्ष, भीगन प्रतियोगिता, राष्ट्रिय र अन्तर्राष्ट्रिय सेफहरुद्वारा पाक शिक्षा प्रदर्शनीलगायत कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ६ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।