८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा डेंगुको माहामारी, पाटन अस्पतालमा बिरामीको भीड




ललितपुर खबर
७ भदौं ०७९, ललितपुर

ललितपुरमा डेंगुको माहामारी सुरु भएको छ । स्वास्थ्य कार्यालयले उपलव्ध गराएको डाटा र अस्पतालमा विरामीको चापका कारण महामारीकै रुपमै फैलिएको बुझ्न सकिन्छ । पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले पछिल्लो दिनमा डेंगुरोगका विरामी ज्यादै बढेको बताए । उनले भने, ‘दिनकै ४० देखि ५० जना विरामी फेला परेका छन् ।’
उनका अनुसार भर्ना गरेर बस्ने विरामी भने धेरै छैनन् । भने, ‘भर्ना भएका विरामी १० देखि १ जनाको हाराहारीमा छन् ।’ ललितपुर बाहेक उपत्यका र बाहिरका समेत अस्पतालमा उपचार गराउनेहरु छन् ।
पाटन अस्पतालस्थित एमजेन्सीमा कार्यरत डाक्टर आशिस श्रेष्ठले साविकभन्दा पछिल्लो समय एमजेन्सीमा दोव्वर विरामीको चाप बढेको बताउछन् । उनी भन्छन्, ‘धेरै ज्वरोको विरामी छन् ।’
स्वास्थ्य काार्यलय ललितपुरकी डेगु रोगको फाँटमा काम गरिरहेकी कर्मचारी गिता आचार्यका अनुसार असार यता ललितपुरमा ५ सय ३० जनामा डेगु रोगको लक्षण भेटिएको छ । पछिल्लो समय डेंगु रोग निवारणका लागि नेपाल सरकारबाट तालिम लिइरहेकी आचार्यले जिल्लाको आकडा हेर्दा अवस्था हेर्दा डरलाग्दो भए पनि नियन्त्रणन्मुख रहेको बताउछन् । उनी भन्छिन्, ‘जिल्लामा भने महानगर र महालक्ष्मीमा धेरै संक्रमित फेला परेका छन् ।’
स्वास्थ्य कार्यालयका प्रमुख सतिस विष्ट पनि डेंगु रोगले महामारीकै स्वरुप ग्रहण गर्ने अवस्थामा पुगेको बताउछन् । उनी भन्छन्, ‘पछिल्लो समय फरक फरक वडामा संक्रमित फेला परेका छन् । सुरुमा वडा नं. १४ नखिपोट र वडा नं. ५ लगनखेलमा भेटिएका थिए । अहिले सातदोवाटो, गावाहाल, भैसेपाटीलगायतका क्षेत्रमा भेटिएका छन् ।’
स्वास्थ्य कार्यालयले बुधबारबाटै नियन्त्रणको प्रयास सुरु गर्ने उनले बताए । उनले भने, ‘हामी स्वास्थ्य स्वयम्सेविकाहरुमार्फत सचेतना कार्यक्रम सञ्चालन गछौं ।’

के हो डुेंगु
डेंगु रोग लागेपछि ज्वरो आउँछ । लामखुट्टेको टोकेपछि यो राग सर्ने गर्छ । डेंगु गाँउमा भन्दा शहरी क्षेत्रमा धेरै सर्ने गर्दछ ।
श्हरभित्रका सफा पानी जमेको ठाँउमा लामखुट्टेले फुल पार्छ । पानी जम्ने टीनका भाँडाहरु पुरानो टायर, ड्रमह पानीको ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ ।
इोे भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् ।
लक्षण
डेंगु लागेपछि एक्कासी उच्च ज्वरो आउँछ । यो ज्वरो एक हप्तासम्म रहन्छ । त्यसपछि आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने गर्दछ । साथै ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने र शरीरमा विमिरा आउने हुन्छ । डेगुका विरामीलाई वाकवाकी लाग्ने,पेट दुख्ने,नाक वा गिजाबाट रगत बग्ने,रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्ने डाक्टरहरु बताउछन्।

बच्ने उपाय
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने,पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने गर्नु पर्दछ ।कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने,यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ । लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १० : ४४ बजे