६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भिषण वर्षाको सम्भावना




११ भदौं ०७९, काठमाडौं । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त मौसमी प्रणालीका कारण हाल लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेशका थोरै स्थानका साथै प्रदेश १ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना छ । रातिको समयमा पनि प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷ चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।