६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नयाँ बानेश्वर नोबेल एकेडेमी छात्रा दुर्व्यवहार प्रकरणः शिक्षकलाई बर्खास्तसहित पाँच बुँदे सहमति



१५ भदौं ०७९, काठमाडौं । काठमाडौं नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई बर्खास्त गर्न विद्यालय प्रशासन सहमत भएको छ । बुधबर विद्यालय प्रशासन, विद्यार्थी र अभिभावकको बिचमा शिक्षक बर्खास्तीसहित ५ बुँदे सहमति भएको हो ।
यहि भदौ १३ मा कक्षा १० मा अध्ययनरत छात्रालाई यौनजन्य म्यासेज पठाएको र दुर्व्यवहार गरेको आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरले शिक्षक सरोज भट्टराइलाई पक्राउ गरेको थियो । भक्तपुरको बालकोट बस्दै आएका ३० वर्षीय भट्टराई प्रहरी हिरासतमा छन् । भट्टराईलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद लिएर हिरासतमा राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

विद्यालय प्रशासन र विद्यार्थीको बीचमा पीडित छात्राको तर्फबाट कानुनी प्रक्रिया अघि बढाउने र विद्यालयको तर्फबाट सहयोग गर्ने सहमति भएको छ । त्यस्तै सहज पठन–पाठनको व्यवस्था मिलाउने, शैक्षिक गतिविधिमा पूर्वाग्रह नगर्ने र विद्यार्थीको तर्फबाट पठन–पाठन सहज बनाउन भूमिका खेल्ने सहमति भएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।