८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सातदोवाटोको देउराली सहकारीले घटायो बचत फिर्ता




ललितपुर खबर
१८ भदौं ०७९, ललितपुर । ललितपुर सातदोवाटोको केन्द्रिय कार्यालय खडा गरेर कारोकार गर्दै आएको देउराली बहुउद्देश्यीय सहकारीले बचतकर्तालाई दिदै आएको बचत फिर्ता १० हजारबाट घटाएर ५ हजारमा झारेको छ ।
गतअसारको पहिलो साताबाट बचत फिर्ता गर्न नसकेर समस्यामा परेको यस सहकारीले पछिल्लो समय आफूसँग पर्याप्त पैसा नभएको भन्दै तत्कालका लागि ५ हजार मात्रै बचत फिर्ता गर्न सक्ने भन्दै बचत फिर्ताको दर घटाएको हो ।
बचत फिर्ताका लागि सहकारीमा गएपछि तुरुन्तै पाइदैन । सहकारीले नाम लेखेर घर जाने अनि बोलाएपछि मात्रै चेक काटेर पैसा लिन पाइन्छ ।
एक बचतकर्ताका अनुसार एकपल्ट ५ हजार बचत फिर्ता लिएपछि अरु पैसा कहिले पाइन्छ त्यसको कुनै टुंगो छैन ।
सहकारीबाट ५ हजार पाएपछि भोलिपल्ट बाँकी पैसा लिन गए पाइदैन । तपाईले हिजै लगिसक्नु भयो नि भन्दै फर्काइन्छ । एक बचतकर्ताले नाम नबताउने शर्तमा भने, ‘आफ्नै पैसा लिन पनि सहकारीको नियम मान्नु पर्ने । सास्ती पनि भोग्नु पर्ने । सास्ती भोगेपछि पैसा चाही नपाउने यो कस्तो नियम ?’ उनले प्रतिप्रश्न गरे ।
सहकारीले दिनको लगभग २ लाख मात्रै बचत फिर्ता गर्ने गरेको छ । धेरै बचतकर्ता सहकारीको आगँनबाटै फर्काइन्छ ।

सहकारीका अध्यक्ष रविन्द्र चौलागाईले पछिल्लो समय बचत कर्ताको धेरै पैसा फिर्ता गरिएको बताए । उनले भने, ‘अव धेरैको पैसा दिन बाँकी छैन । जग्गा दिने योजनापछि धेरै बचतकर्ता सहमत छन् ।’
सहकारी कार्यालयबाट कर्चचारीहरु दिनको १ बजे नै घर फर्कने गरेका छन् । भएको पैसा सकिएपछि कार्यालय बन्द हुने गरेको छ । त्यसपछि सुरक्षा गार्डले कार्यालय बन्द भइसकेको भन्दै बचतकर्तालाईं कार्यालयमा पस्नै नदिई फर्काउछन् ।


पछिल्लो समय बजारमा बचत लिन जाने अवस्था छैन । ऋण उठाउन भने प्रतिनिधिहरु जाने गरेका छन् । त्यही उठेको ऋणबाट बचत फिर्ता भइरहेको बर्मचारीहरु बताउछन् ।
सहकारीमा काम गर्ने धेरै कर्मचारीहरुले जागिर छोडिसकेका छन् । भएका कर्मचारी पनि दिनभर तनावग्रस्त रहन्छन् ।
चारैतिर मुद्दा लागेको जग्गा छ पैसा छैन
सहकारीका अध्यक्ष रविन्द्र चौलागाई सहकारीको कारोबार डामाडोल बनाए पनि जग्गा भने चारैतिर जोडेका छन् । उनले लामाटार, सिस्नेरी, चितवन,हेटौडा,हात्तिवनलगायतका विभिन्न ठाँउमा प्रसस्त जग्गा जोडेका छन् ।
तर सबैजसो जग्गा पैसा नहुँदा मुद्दा लागेर रोक्कामा छन् । सककारीका एक कर्मचारीका अनुसार जग्गा बिक्रि गर्न सके कारोबार सल्टिन्छ । तर कारोबार सल्ट्उनका लागि पैसा हालिदिने र ऋणबाट मुक्त गरिदिने मान्छे छैन । उनले भने, ‘यो सबै जोखिम लिएर काम गरिदिने मान्छे छैन । अवौं पैसा खर्चेर सहकारी उतार्ने पैसा पनि छैन आजकल मान्छेहरुसँग ।’
यद्यपी सस्तोमा जग्गा लिएर कारोबार मिलाउने विभिन्न जग्गा दलाल रविन्द्रको पछि लागेका छन् । उनीहरु जग्गा धेरै सस्तोमा हात पार्न चाहन्छन् । पछिल्लो समय जग्गा भएर पनि विक्दैन । सबैलाई जोखिम छ ।
रविन्द्र चौलागाईलगायत ६ जना संलग्न रहेको एक आयुवेद्धिक कम्पनीको नाममा करिव ५७ कठ्ठा(७ सय ४१रोपनी) जग्गा रहेको पाइएको छ । त्यो जग्गामा भने मुद्दा नभएको उनीसँगै कारोबार गर्दै आएका जग्गा व्यावसायीले बताए । विहीबार मात्रै रियल स्टेट कम्पनी दर्ता गरिएको छ । यहाँको जग्गा कित्ताकाट गरेर सहकारीको बचतकर्तालाई नामसारी गर्ने तयारी रहेको उनको दावी छ ।
पछिल्लो समय चेक अनादार मुद्धामा पक्राउ परेर छुटेपछि सहकारीका अध्यक्ष रविन्द्र कारोबार मिलाउन दौडघुप गरिरहेका छन् । उनी एक करोड ३० लाख रकम तिरेपछि मात्रै छुटेका हुन् ।
पछिल्लो समय ५ लाखभन्दा धेरै बचत हुने बचतकर्ताको लागि जग्गा दिन नाम लेखाउन सुरु भएको छ । सहकारीले ५ लाखभन्दा धेरै बचत हुने बचतकर्तालाई पैसाको मुल्याङ्कन पुग्नेलाई एकल र नपुग्नेलाई संयुक्त नाममा जग्गा पास गर्ने तयारी छ । २ वर्षभित्र बचतको व्याज सहित फिर्ता गरेपछि जग्गा पनि फिर्ता लिने सहकारीको तयारी छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ९ : ३९ बजे