१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दसैँका लागि बसको अग्रिम टिकट बुकिङ असोज १ देखि खुला



२२ भदौं ०७९, काठमाडौं ।  दसैँका लागि लामो दूरीका बसको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने गर्ने निर्णय भएको छ।  यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो। यातायात व्यवसायीहरुबीच अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति भएको छ। अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले छुट वा सहुलियत पनि प्रदान गर्ने सहमति भएको छ।

अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय भएको छ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ५ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।