२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बेलायती राजा चाल्र्स तृतीयको बेलायती संसदमा पहिलो सम्बोधन



काठमाडौं, भदौ २८ गते  ।  बेलायती राजा चाल्र्स तृतीयले सोमबार पहिलो पटक बेलायतको संसदलाई सम्बोधन गरेका छन् । सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय माता महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

सम्बोधनका क्रममा महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’ आफुमा हस्तान्तरण गरिएको राजा चाल्र्सले  संसदलाई दिए । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चाल्र्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको थियो । महारानीको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।