२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


‘भ्रष्टाचारीको खेदो खनौं’




अर्थजङ शाही
आज हाम्रो देशमा महङ्गीले उग्र रुप लिएको छ । महँगीले पछिल्लो समय डरलाग्दो रुप धारण गरेको छ । महँगीकै कारण नेपाली जनतामा हाहाकारको स्थिति पैदा गर्दै छ । दिनानुदिन अत्यावश्यक समानको बजारमा मूल्य बढेकोे छ । महँगीले गर्दा हामीहरुले निकै सास्ती खेपिरहेका छौं ।
भ्रष्टाचारका कारण बजारमा महँगी बढेको हो । भ्रष्टाचारी नेपालमा एउटा सरुवा रोग जस्तै फैलिरहेको छ । राज्यका निकायहरु, निजी संस्था तथा सार्वजनिक संस्थाहरु, गैरसरकारी संस्थाहरुमा पनि भ्रष्टाचार छ ।
अहिले मुलुकमा भ्रष्टाचार गम्भीर चुनौतिको रुपमा बढ्दै गइरहेको छ । यसको सबैभन्दा ठूलो असर कमजोर वर्ग गरिब समुदायलाई परेको छ । भ्रष्टाचारकै कारण गरिब जनता झनै पीडित बन्दै गइरहेका छन् । भ्रष्टाचार कै कारण विकास निर्माणका काममा अवरोध हुदै गएको छ । यसै कारण मुलुकले निकास पाउन सकिरहेको छैन । भ्रष्टाचार न्यूनिकरण गर्न सानो तिनो प्रयासले मात्र नपुग्ने भएका कारण पनि सम्पूर्ण युवाहरु एकजुट भएर भ्रष्टाचारको विरुद्धमा उत्रिनुपर्ने जरुरी भएको छ ।
नेपालको अहिलेको परिवेशलाई हेर्दा लाजमर्दो छ । सरकारका कर्मचारीलगायत जिम्मेवार निकायहरू भ्रष्टाचारका लागि लुछाचुँडी छ । विडम्बना त यही हो नेपालमा । नेता धनी अनि देश गरिब छ ।

खुट्टामा चप्पल लगाउन पनि धौँ धौँ हुनेले आज घर घरमा गाडी राखेका छन् । हामीले एक एक रुपैयाँ दुख गरि कमाएको पैसामा कसैले भ्रष्टाचार गरेर मोजमस्तीमा हिड्छ भने युवाहरु अब हामी पछि हट्नु हुदैँन् ।
ठेकेदारी गरेको दुई महिना नबित्दै सहर बजारमा घर बनाएको देख्न सकिन्छ ।
तपाई हाम्रो गाउँघरमा करोडौँमा आएको बजेटलाई लाखौँमा काम गर्ने,अनि लाखौँमा आएको बजेटलाई हजारमा काम भईरहेको छ । यस कुराप्रति युवाहरुले ध्यान दिएर भष्टाचार रोक्नुपर्छ । बुलुन्द आवाजसहित जोसका साथ हामीले आफ्नो गाउँ, घर र टोलमा निरन्तर लागेपछि कसैले पनि भ्रष्टाचार गर्न सक्दैन ।
सरुवा रोग भन्दा खतरा तरिकाले फैलिएको छ हाम्रो देशमा भ्रष्टाचार । यसप्रति अन्य बर्ग मौन भएपनि हामी युवाहरुले मौन रहनु हुदैँन । गाउँघरमा विकासकै लागी आएको बजेटमा पनि जनप्रतिनिधीकै मिलोमतोमा भ्रष्टाचार हुदाँ हामी मौन रहेका छौँ ।
जनप्रतिनिधीहरुलाई तपाई हाम्रो एक मतले जिताएका हौँ । तर भ्रष्टाचार गर भनेर त हामीले नेताहरुलाई पक्कै पनि जिताएका होईनौँ होला । त्यसैले आम नागरिक भ्रष्टचार बिरुद्धमा उत्रिन जरुरी छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।