१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


एक्सनमा उत्रिए मेयर बालेन्द्र शाह, क्यासिनोले बुझाए ८४ लाख रुपैयाँ मनोरञ्जन कर



काठमाडौं, भदौ २९ गते ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को ‘एक्सन’पछि क्यासिनोले ८४ लाख रुपैयाँ मनोरञ्जन कर बुझाएका छन् । काठमाडौं महानगरपालिकाले ८४ लाख रुपैयाँ मनोरञ्जन कर संकलन गरेको हो । महानगरपालिकालाई आर्थिक वर्ष २०७५–०७६ देखि बुझाउनुपर्ने मनोरञ्जन कर क्यासिनो तथा फनपार्कहरूले बुझाएका थिएनन् ।

७ बटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्रचार गरेको भएपनि ४ क्यासिनोले मात्र कर बुझाएका छन् ।पत्रचार गरेपछि ८४ लाख ३४ हजार ९ सय ३१ रुपैयाँ कर संकलन भएको महानगरले जानकारी दिएको छ ।

‘सम्पर्कमा नरहेकाको हकमा भने महानगरले कानुनबमोजिम रित पुर्‍याएर चल अचल सम्पत्तिबाट कर संकलन महानगरल चेतावनी दिएको छ । पत्राचार र सूचना प्रवाह भएपछि कर भुक्तानीमा सकारात्मक अवस्था आएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : ५४ बजे