१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा कहाँ, कहाँ छन् सुपथ मूल्य पसल



१ असोज ०७९, काठमाडौं ।  सरकारले नेपालीको महान् चाड बडादसैँ, तिहार र छठका उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राजधानी काठमाडौं उपत्यकासहित देशभर सुपथ पसल सञ्चालनमा ल्याएको हो । कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट दसैँ, तिहार र छठलक्षित सहुलियत पसल सञ्चालन गरिएको छ ।
राजधानी काठमाडौंसहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ पसल एकैपटक सञ्चालनमा ल्याइएको छ । काठमाडौंका थापाथली, रामशाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्यविनायकमा सुपथ पसल सञ्चालन गरिएको छ ।

आउँदो कात्तिक १५ गतेसम्म सञ्चालन हुने सुपथ पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु बिक्रीका लागि राखिएको छ । प्रत्येक दिन बिहान १० देखि साँझ ५ बजेसम्म सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

सुपथ पसलमा मासुजन्य वस्तुमा प्रतिकिलो १० रुपैयाँ तथा खाद्यान्न सामग्री र तेलमा प्रतिकिलोरलिटर सात रुपैयाँ छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यी खाद्यवस्तुमा पाइन्छ छुट
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसहितको सहभागितामा सञ्चालन हुने सुपथ पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घिउ, खसीबोका र च्यांग्रालगायत सामग्री बिक्रीमा राखिनेछ ।

सुपथ मूल्य पसलमा चामल, दाल, आटा, मैदा, चिउरा र खाने तेलमा प्रतिकिलो तथा प्रतिलिटरमा सात रुपैयाँ छुट पाइनेछ । कर्णाली सिमी तथा गेडागुडीमा प्रतिकिलो १०, जिउँदो खसी, बोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ ।

नुन किलोमा दुई, घिउ किलोमा ६० र पनिर तथा चिजमा प्रतिकिलो २० रुपैयाँ छुट पाइनेछ ।

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : २९ बजे