२९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा एकैदिन २२ सय ३५ जना सवारी चालकमाथि कारवाही



असोज ०७९, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २२ सय ३५ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई शनिबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २५६ जना, फुटपाथमा पार्किङ गर्ने १२७ जना, तीव्र गतिमा सवारी साधन चलाउने ८७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८६ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ७४ जना रहेका छन् ।

https://www.youtube.com/@lalitkhabar

यस्तै अवस्था ठिक नभएका सवारी साधन चलाउने ५८ जना, हर्नको अनावश्यक प्रयोग गर्ने ५६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ३५ जना, सडक लेन उल्लङ्घन गर्ने २६ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २२ जना चालकहरू रहेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।